झापा । लायन्स क्लवका अन्तराष्ट्रिय सेकेण्ड भ्वाईस प्रेसिडेन्ट एपि सिंहले नेपालको लायन्स क्लबको ब्यवस्थापन बलियो र राम्रो रहेको भन्दै प्रशंसा गरेका छन् । IMG_20240329_094711नेपाल मल्टीपलले काठमाडौंको कमलादीमा शनिबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न भारतको बागडुँग्रा बिमानस्थलबाट नेपालको पूर्वीद्धार काँकरभिट्टा आएका भ्वाईस प्रेसिडेन्ट सिंहले नेपालको लायन्सको हस्पिटालिटी र मेनेजमेन्ट प्रशंसायोग्य रहेको बताएका हुन् ।

झापाको लायन्स डिष्ट्रिक कमिटीले शुक्रबार काँकरभिट्टाको मेची सामुदायिक भवनमा आयोजना गरेको स्वागत तथा सम्मानपछि सम्बोधन गर्दै सेकेण्ड भ्वाईस प्रेसिडेन्ट सिंहले समाजसेवामा निरन्तरता र उदाहरणीय काम गर्न लायन्स प्रतिबद्ध रहेको उल्लेख गरे । IMG_20240329_095801लायन्स डिष्ट्रिक गभर्नर (३२४c) बिजयहरी शर्माले स्वागत मन्तव्यबाट सम्मान गरिएको कार्यक्रममा जिएससि मल्टीपल कोअडिनेटर राजन खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । 

भ्रमण टोलीमा लायन्सका अतिविशिष्ठ व्यक्तिहरु लायन्सका आइडी बालकृष्ण बुर्लाकोटी, पिआईडी संगीता जाटिया, सन्जय खेतान लगायातको सहभागिता रहने क्याबिनेट लीलाप्रसाद चिमरियाले जानकारी दिए  । IMG_20240329_094401संसारका २०६ वटा देशमा १५ लाख र नेपालमा ६४ हजार लायन्सका सदस्य रहेका छन् । नेपालमा विभिन्न ठाउँमा सामाजिक कार्यसँगै इटहरीमा मायाघर निर्माणाधीन अवस्थामा रहेको चिमरियाले बताए । `जहाँ आवश्यकता त्यहाँ लायन्स´  अनुसार बिराटनगरमा मानवसेवा आश्रम, धरानमा सत्यसाई स्कुल, इटहरीमा अनाथ स्कुल निर्माण गरेर सञ्चालनमा आएको छ ।IMG_20240329_094356२०७२ सालको भुकम्प घरबारबिहिन पीडितलाई ७४ करोडको राहत बितरण गरेको चिमरियाको भनाई छ । कार्यक्रमको सञ्चालन लीला चिमरियाले गरेका थिए । भ्वाईस प्रेसिडेन्ट सिंहको स्वागतका लागि ५१ जनाको समितिले पञ्चेबाजा र भेषभुषा प्रदर्शनसमेत गरेको थियो ।