बिर्तामोड । झापाको बिर्तामोडमा बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले शंकास्पद हत्या भएको छ। अर्जुनधारा-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड-१ स्थित नरेन्द्र मैनालीको घरको सिलिङ फेनको हुकमा डोरि प्रयोग गरेर शुक्रबार बिहान आत्महत्या गरेको अवस्थामा  फेला परेका थिए । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौंमा बस्दै आएका छन् ।

कसरी भयो घटना:

श्रोतका अनुसार मैनालीको घरको तेस्रो तलामा उनका बुवा-आमा बस्दै आएका छन् । वृद्ध बुवालाई मुटु सम्बन्धि राेग छ भने आमा अशक्त छन् । घरको दोस्रो तलामा हाइड्रो पावर कम्पनीको अफिस छ। अफिसको पुर्वउत्तरमा दिई कोठाको एउटै खुल्ला रुम रहेको छ । प्रसाईं सोही  दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ । हाइड्रोमा लगानी गर्ने भनी मोटो रकम दिएको तर, लामो समयसम्म पनि हाइड्रोको खातामा रकम नदेखिएपछि आफ्नो पैसा खोज्दै मैनालीकहाँ पुग्ने गरेका थिए । यसअघि घरजग्गाको कारोबारमा सहयात्रा गर्दै आएका मैनालीले हाइड्रो पावर कम्पनी प्रालीमा लगानी लाउदाको फाइदाबारे बिश्वास दिलाउँदै तीन करोडबढी रकम बुझेको स्थानीयको भनाई छ । ब्यापार राम्रो हुँदा रकम आदानप्रदानसँगै सम्बन्ध पनि राम्रो थियो । घरजग्गाको कारोबार न्यून हुँदै गएपछि प्रसाईं तनावमा थिए । बिरामी भएर प्रसाईं केहि समय थलिएका प्रसाईंलाई मानसिक रोगले सताएको थियो।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।

सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए । पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।