विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन सम्बन्धी केन्द्रमा तीन बुँदे सहमति भएपछि प्रदेशमा सरकार सञ्चालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ ।
नेकपा संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले साेमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो । न्यूनतम साझा कार्यक्रममा २८ बुँदा रहेका छन् ।























































