विर्तामोड । उपचारमा संलग्न डाक्टरलाई कार्वाहीको माग गर्दै बिरामिका आफन्तले झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल घेराउ गरेका छन् ।
उपाचारका क्रममा विरामीको मृत्यू भएपछि विरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । सो क्रममा मनमोहन अस्पतालमा तनावग्रस्त बनेको छ ।अस्पतालमा भीड बढेपछि प्रहरी सुरक्षा बढाइएको छ ।
बिर्तामोड-३ निवासी नर्वदा बाँस्कोटाको उपचारको क्रममा मृत्यू भएको परिवारको आरोप छ । खुट्टा सुन्निएर सोमवार विहान उपचारका लागि भर्ना गरिएको विरामीको साँझतिर मृत्यू भएको उनका मामा पर्वत ओझाले जानकारी दिए ।
विरामीको के कारणले मृत्यू भएको अस्पतालले सार्वजनिक गरिसकेको छैन ।
अहिले सोहि विषयमा इलाका प्रहरी कार्यालय अनारमनीमा छलफल चलिरहेको मृतकका मामा ओझाले जानकारी दिए । उनले मृतकको २ जना साना नानी समेत भएकाले त्यसलाई केन्द्रमा राखेर छलफल गर्ने जानकारी दिए ।
अस्पताल प्रशासनसँग प्रहरी रोवरमा छलफल चलिरहेको छ