चारआली । एउटै पसलबाट सबै उमेर समुहलाई लक्षित गरेर झापाकाे चारआलीस्थित`लुगा कलेक्सन´ले छुट अफरसहित कपडा पसल शुभारम्भ गरेको छ ।
आइतबार रितिका डेरि उद्योगका प्रोपाइटर एबम् समाजसेवी राजन चिमरियाले `लुगा कलेक्सन´को बिधिवत रुपमा उद्घाटन गरेपछी पसल संचालन आएको हो ।
सबै उमेर समुहका महिला, पुरुष, बालबालिकाको पोशाक, बेस सिटकवर तथा ग्राहकको मागनुसारको कपडा उपलब्ध गराउने `लुगा कलेक्सन´कमला ट्रेड्सका संचालक अपुर्ब डाँगीले जानकारी दिए ।
चारआलीस्थित आर्यन प्लाजामा सञ्चालनमा रहेको `लुगा कलेक्सन´ले सस्तो होलसेल तथा खुद्रा बिक्रीको पसल शुरु गरिएको हो । सामानअनुसार शुभारम्भबाट १० देखि २० प्रतिशतसम्म छुट दिएको निर्देशक कमला डाँगीको भनाई छ ।
प्लाजाको पुर्वसिडिभित्र एउटा पसलपछि दुईवटा सटरमा सुरु गरिएको पसल पहिले सोही प्लाजाको दोस्रो तलामा संचालनमा थियो ।