काँकरभिट्टा । रसियामा आएको विनाशकारी बाढीका कारण पीडित बनेका परिवारका लागि सिक्किम सरकारले राहत सहयोग लिएर पूर्बी नाका काँकरभिट्टामा आइपुगेको छ । बाढीपछि उद्दार गरिएकाहरुका लागि गाँस वास र कपासको व्यवस्थापनका लागि नेपालसहित विश्वका विभिन्न देशले सहयोग पुर्याउदै आएको समयमा सिक्किम सरकारले पनि राहत बोकेर नेपाल प्रवेश गरेको हो । कार्यक्रममा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले समेत स्वागत गरेका थिए ।
तीन वटा ट्रकमा लत्ताकपडा, खाद्यान्न र स्वास्थ्य सामग्री तथा तीन जना स्वास्थ्यकर्मीसहितको ३० जनाको टोली सोमबार काँकरभिट्टा प्रस्तान गरेको हो । उनीहरुलाई चारआली जेसीजले काँकरभिट्टामै स्वागत गरेको छ । झापाका ६ वटा विभिन्न जेसीजका प्रतिनिधिहरुले स्वागत गरेका हुन् ।
हिमालयन ऐक्यबद्धता नेपालका लागि सिक्किम उल्लेख गरेको व्यानरसहित सिक्किम क्रान्तिकारी मोर्चा पार्टी, गान्तोक, सिक्किमको पहलमा उद्धार, राहत तथा पुनःस्थापना टोली लिएर नेपाल प्रवेश गरेको हो । सिक्किमका माननीय मुख्यमन्त्रीको निर्देशनमा माननीय विधायक तथा सल्लाहकार सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तान (जोजो) को नेतृत्वमा उद्धार, राहत तथा पुनःस्थापनाको अभियान सञ्चालन गरिएको अध्यक्ष सोनाम नोरगे लाचुङ्पाले जानकारी दिए ।
टोलीमा फुर्बा रिन्जिङ शेर्पा, (सीएलसी) अध्यक्ष सञ्जीव गुरुङ, एसकेएम बाइकर्स अध्यक्ष तासी लेप्चा (रोङकुप), ओएसडी दिपेन सुब्बा एपीएस, पाक्योङविशाल शर्मा, सदस्य सपान्त प्रधान, गान्तोक जिल्ला संयोजक विशाल क्षेत्री, सदस्यहरु सरण प्रधान, अध्यक्ष तेन्जिङ दोर्जे भुटिया, तुलमान राई र स्वास्थ्यकर्मी ५ जना मेडिकल टोलीहरु पूर्व विधायक डा. मेचुङ भुटिया, डां. संगीता भण्डारी, डा. एडेन भुटिया, डा. बिदुत राई, अनु तामाङ, रिक्जिङ नोर्बु भुटिया तथा सञ्चारकर्मीहरु प्रकाश प्रधान, सन्तबहादुर राई, गार्जामान सुब्बा, भुपाल दार्जीलगायतको टोली रहेको छ । उनीहरुलाई जेसीजले खादा लगाएर सम्मान गरेका थिए । स्वागतका क्रममा चारआली जेसीजका सभापति सन्जय निरौलाको अध्यक्षता, उत्तम पकुवालको सञ्चालन तथा मेचीनगर लेडिज जेसीजकी अध्यक्ष रिता श्रेष्ठले समापन गरेकी थिइन् ।























































