

यसअघि मेला तथा सांस्कृतिक कन्सर्टको गर्दै आएको युवा क्लबले पहिलो पटक महोत्सव आयोजना गर्ने तयारी गरेको क्लबका अध्यक्ष खेमराज पुरीले जानकारी दिए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित कृषिलाई प्रोत्साहन, बड्दै गरेको लागुऔषध दुर्ब्यशनी न्यूनीकरण र आन्तरिक तथा बाह्यय पर्यटक भित्र्याउने मेलाको मुल उद्देश्य रहेको छ ।
स्थानीय क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्रहरु कृष्णथुम्की, मिनी माउन्टेन, ४९ धारा पनि यसै क्षेत्रमा पर्दछ ।
समाजमा कमजोर अवस्थाका बालबालिकालाई पठनपाठन, खेलकुद तथा संगीत कक्षा नि:शुल्क सिकाउने लक्ष लिएको संस्थाका सहसचिव पवन प्रधानले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमती लिएर जुवा-मदिरारहित ढंगले महोत्सव सञ्चालन गर्ने र प्रत्येक साँझ स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।

खेल तमसाबाहेक ४ लाख खर्च हुने अनुमान गरिएको उक्त महोत्सवमा सीमाबाट दुई किलोमिटरमा पर्ने भारतको लुवागड, पानीघट्टा, शिलिगुढी र दार्जीलिङबाट पर्यटक आगमन हुने बताइएको छ ।
२० वटा स्टल, खेल तमासा तथा मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवलाई ब्यवस्थित ढंगले सञ्चालन गर्न सिसि क्यामराले निगारानी गर्ने, स्थानीय युवालाई सचेत तथा जागरुप बनाउने र प्रहरीलाई सुरक्षा माग गर्ने तयारी भएको क्लबका सल्लाहकार महेन्द्र मल्लले बताए । महोत्सवमा स्वास्थ्य शिबिर, शैक्षिक गतिविधिका कार्यक्रमसमेत समेट्ने बताइएको छ । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले महोत्सवकाे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।