काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना नेताहरुलाई राजनीति सिकाउनकै लागि आफुहरुले देशको नेतृत्व गरेको बताएका छन् । जेनजी शहीद स्मृति दिवसका अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफूहरूमाथि अनावश्यक लाञ्छना नलगाउन पुराना नेताहरूलाई आग्रह गरे ।परम्परागत रुपको अब्यवहारिक राजनीतिलाई तिरस्कृत गर्दै सेवाको राजनीति गर्न आफू र आफ्नो पार्टी लागि परेको धारणा राखेका थिए । उनले आफूहरू पुराना नेताहरूले गरेका गल्तीबाट पाठ सिकेर अघि बढिरहेको दाबी गरे । साथै, आफूहरूजस्तै बन्नुपर्छ भन्ने अपेक्षा नराख्न पनि उनले पुराना नेता तथा दलहरूलाई आग्रह गरे । गृहमन्त्री गुरुङले आफूहरू देश बनाउन राजनीतिमा आएको भन्दै त्यसको जिम्मेवारी पूरा गरेरै छाड्ने बताए । आफूहरूलाई सत्तामा आउने कुनै इच्छा नरहेको दाबी गर्दै उनले पुराना दल र नेताहरूले सही ढंगले काम गरेको भए आफूहरू राजनीतिमा आउनुपर्ने अवस्था नै नआउने बताए।