चारआली । बीएण्डसी मेडिकल कलेजमा कार्यरत कामदारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो ३ः३० बजे मेचीनगर-१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज चारआलीमा काम गर्ने कामदार बारा करैयामाई गाउँपालिका-८ बस्ने २५ वर्षीय संजय चौधरीको मृत्यु भएको हो । कलेजबाट बिजुलीको लाइन तानेर सोही कलेज छेउमा रहेको नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा साँझ–६ः३० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बीएण्डसी अस्पतालले इलाका प्रहरी कार्यालय धुलाबारीलाई घटनाबारे जानकारी गराएको थियो । प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक किरण राईको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।























































