मेचीनगर । झापाको मेचीनगर नगरपालिका-१२ स्थित एक होटलमा गएराति आगलागी हुँदा आठ लाखबढीको धनमाल जलेर नष्ट भएको छ ।

मेचीनगर-१२ माईलाबारी टोलका दामोदर दाहालको दुई तल्ले घरको तल्लो तल्लामा मेचीनगर-३ का प्रदिप लिम्बुले सञ्चालन गरेको होटलमा गयराति १ बजे आगलागी हुँदा उक्त क्षति भएको हो । 

लिटल सेफ फास्ट फुड क्याफेमा इन्भटरको तार सर्ट भई अचानक आगलागी हुँदा एउटा फ्रिज, एउटा र्याक, बिभिन्न ब्राण्डका रक्सिहरु, गल्लामा राखिएको नगद २५ हजार, एउटा इन्भटर, २ वटा ब्याट्री र क्याफे आशिंक रुपमा जलेको छ । 

आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानिय बासीहरुको सहयोगमा राति १ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।