बुढानिलकण्ठ-१३ निवासी श्याम कृष्ण श्रेष्ठ यस उत्तरी भेगकै उत्कृष्ट मुर्तिकारको रुपमा परिचीत नाम हो। बुबा काजिलाल श्रेष्ठ र आमा श्रीमाया श्रेष्ठका कान्छा छोरा हुन्  श्यामकृष्ण श्रेष्ठ । आफ्नो सम्पुर्ण जीवन नै  मुर्तिकलाको रुपमा ब्यतित गरी समाज र राष्ट्र  योगदान पुर्याउनुको साथै उनले मूर्तिकला विषयमा नै कीर्तिपुरको ललितकला बिश्वबिद्धालयबाट  स्नातकोत्तर गरेका छन् । सायद, मूर्तिकला विषयमा नेवार समुदायबाट  मात्र  नभई सिङ्गो बुढानिलकण्ठबाट यस विषयमा `त्रिभुवन बिश्वविधालयबाट

र इन फाइन आर्ट´ गर्ने पहिलो ब्यक्ती हुन्। उनलाई  बुढानिलकण्ठ नगरपालिकाको गहनाको रुपमा पनि लिन सकिन्छ । आफ्नो सम्पुर्ण बाल्यकाल बुढानिलकण्ठको चुनिखेलमा बिताएका श्यामकृष्ण श्रेष्ठ एक मध्यम परिवारमा सदस्य हुन् ।

433708618_720821306905068_6779352139739281729_n

हाल युवा मुर्तिकारको रुपमा परिचीत उनि आफ्नो कलालाई समाज र रास्ट्रको हितमा समर्पित गर्ने योजनामा छन् ।  केही गर्नुपर्छ भन्ने उद्देश्यले उनले २०७५ सालमा `क्रिटिङ स्कुल्प्चर प्रालि  नामको एउटा कम्पनी सुरु गरेका  छन् । हाल त्यही कम्पनीको माध्यमबाट बुढानिलकण्ठ-२ चपली नजिकै विभिन्न किसिमका मुर्तीहरु बनाउँदै आएका छन् ।

मूर्तिकला सिक्दै जाने क्रममा उनलाई आधुनिक मुर्तिको आकारले बढी प्रभाव पार्यो ।  श्रेष्ठले निर्माण गरेका अधिकांश मुर्तिहरुमा आधुनिक मुर्तिका आकारहरुको प्रधानता पाइन्छन्  । उनले रोजेका भावनात्मक बिषयवस्तुलाई आधुनिक आकृतिमा उत्तारेर प्रस्तुत गर्ने प्रयास निरन्तर गर्दै आएका छन् । आफ्नोपनको वास्तविक पहिचान हाम्रो देशको मौलिकता भनेको हाम्रो परम्परागत मुर्तिहरु हुन्, मुर्तिकार श्रेष्ठले भने, `जुन हामीभित्रको परम्परा र परिचय जसरी हामीभित्र रहेको छ त्यसको प्रभावका कारणले केही मुर्तिहरु   यथार्थपरक र परम्परागत शैलीमा प्रस्तुत गर्दै आएको छु।´

कला अध्ययन गर्ने क्रममा धेरै थरिका कला र ऊनीहरुको कलाकृतिहरुको अध्ययन गर्ने गरिसकेका मुर्तिकारले `जेज्जिस्व्लो बेक्सिन्स्कि´ "Zdzislaw Beksinski" का कलाकृतिहरुबाट  पनि निक्कै प्रभावित भएको बताउँदै अगाडि भने, `मूर्तिहरुमा ती ब्यक्तिले सिकाएका आकारको प्रभाव पनि पाइन्छ ।सिक्ने र हाल पनि उनले मेरो मूर्तिकलालाई अत्याधिक माया गर्छन् ।´

कर्ममा दृढताका साथ लागिपर्ने उनी आफ्नो कामलाई पुजाको रुपमा लिन्छन् । उनले विभिन्न किसिमका मुर्तिहरु बनाउनुका साथै ढुङ्गाका मुर्तिहरु, माटोका मुर्तिहरु, फाइबरका मुर्तिहरु, सिमेन्टका मुर्ति बनाउने र मुर्तिकला सम्बन्धि प्रशिक्षण दिदै आएका छन् । बहुप्रतिभाका धनी मुर्तिकार श्रेष्ठले  मुर्ति निर्माणका क्रममा फुर्सद समयमा  होटल तथा रेस्टुरेन्टको बगैँचा सम्बन्धी  डिजाइन गर्दै आएका छन् । 

मुर्तिकार श्रेष्ठमा बहुप्रतिभा भएकै कारण जस्तोसुकै तस्बिर र फोटोलाई सजिलैस‌ँग मुर्तिमा परिणत गर्न सक्ने क्षमता रहेको छ ।

त्यसैगरी श्रेष्ठले `राउन्ड  स्कुल्प्चर´ र `रिलिफ स्कुल्प्चर´ पनि निर्माण गर्दैआएका छन् । मानिसको पुर्ण कद , अर्ध कद, सहिदहरुको सालिक निर्माण निर्माण गर्दैआएका उनले मुर्ती निर्माणपछि पनि परामर्श तथा मर्मत  सम्भारको सेवा दिदै आएका छन् ।  स्थानीयस्तरमा नै धेरै  मुर्तिहरु निर्माण गरिसकेका उनले चितवन, काठमाडौं, पोखरा  र झापामा पनि धेरै मुर्तिहरु बनाएर सरल सेवा दिदै आएका छन् ।

श्रेष्ठले धेरै कला केन्द्र र प्रदर्शनीमा आफ्नो काल प्रदर्शन गरेरै दर्जनौं संघ संस्थाले सम्मान तथा पुरस्कारद्वारा सम्मानित एबम् पुरस्कृत भएका छन् ।

२०७४ सालदेखिनै विभिन्न किसिमका प्रदर्शनीमा मुर्ती निर्माण गर्दै आएका उनले भने, `मुर्ति बनाउदाको गाह्रो पक्ष  भनेको मान्छेको चित्त बुझाउनु हो भने सजिलो पक्ष भनेको आफ्नो हातको कला र सीप हो। कला भनेको कहिले पनि पुरानोमा बिक्री हुँदैन। जुन अमुल्य छ।´

मुर्ती बनाउने मानिसहरुले पछिल्लो समयमा आफ्नो सोखको लागी पनि प्रयोग गर्न थालेका छन् । एउटा दक्ष मुर्तिकारले आफ्नो कल्पनालाई वास्तविक जीबनमा उतार्न सक्ने कलात्मक क्षमता नै मुर्तिकारको सफलता भएको श्रेष्ठको भनाई छ ।

विशेषगरी बिदेशतिर जापान कोरियामा घर-घरमा मुर्ती राख्ने चलन छ। हाम्रो देशमा पनि स्थानीय सरकारले यस्तो नीति लिनुपर्ने उनको धारणा थियो ।कलाले पनि सम्मान पाउँछ र कला क्षेत्रमा पनि राम्रो रोजगारीको सृजना  हुन्छ, उनले भने,`एउटा दक्ष मुर्तिकारले यस पेशामा आबद्ध भए ब्यवसायिक रुपमा आफ्नो परिवारको गर्जो टार्न  सक्छ।´अन्त्यमा वहाँले बनाइएका मुर्ती तथा कलालाई हेर्न चाहनेले, बुढानिलकण्ठको चपलिस्थित  संग्रहालयमा आउन आग्रह गरे ।




यदि कसैले पनि घर , होटेल , रिसोर्ट  पार्क हरुमा मुर्ती, सलिक painting , झरना बनाउनु परेमा वहाँलाई सम्पर्क गर्न सक्नु  हुन्छ ।

977-986-0232735

श्याम  कृष्ण श्रेष्ठ 

बुढानिलकण्ठ , काठमाडौं

433803625_1420239965524440_7608411803797821929_n433974254_347028281074360_3759745846373910147_n