बिक्रम सम्बत् २०६३ सालको फागुन महिनामा साबिक दुहागढी-६, मेचीनगर-१४ मा झापाकै खुट्टेडाँगीबाट बसाइँ आएकै बखत मैले देख्दा दीक्षा तिमी झन्डै १० वर्षको मात्रै थियौ । उमेर र ब्यवहारले घरकै प्यारी दीक्षालाई २०६७ सालदेखि कान्छी साली बनाएँ । त्यसवेला दुई जना साइनोले (साला) भाईहरु र दुई जना (साली) को धनी हुन पाउँदा मेरो छाती गर्बले निकै चौडा भएको थियो । जब ससुराली टेक्न सुरु गरेँ तबदेखि सबैको स्वभाब बुझ्दा कान्छी साली दीक्षाको स्वभाव भने छुट्टै पाएको थिएँ ।
लजालु र दयावन मात्रै होइन, सदाबहार हसिलो मुद्रा, इमानदार र परीश्रमी पनि भएकाले मेरो स्वभावसँग दीक्षाको स्वभाव कहिकतै मेल खान्थ्यो ।निरुता सालिले दमकस्थित मामाघरबाटै पठनपाठन सुरु गरेपछि कान्छी साली दीक्षासँग सालीको आत्मीयता भिनाजुको अभिभावकत्व बढेको थियो । कुनै कुरा गर्दा पनि नहाँसी र नजिस्की नबोल्ने स्वभाव भएकी दीक्षाले एसएलसि दिएर बसेकै समयमा पढाइदिने नाउँमा झापामै ब्यवहारिक हुन पुगिन् । केहि समयपछि पुनः मेचीनगरलाई नै कर्मथलो बनाएकी थिइन् । झन्डै डेढ वर्षबढी समयसम्म दीक्षाको दैनिकी, स्वभाव, इच्छा, रुचि, मनोकाक्षा र संकल्प बुझ्न र नजिकबाट अध्ययन गर्न पाएको थिएँ ।
ससाना बिषयमा पनि झनै स्मरणीय हुने गरी कलिलो बालपन झैं घुर्क्याउने र पुनः नजिकिने शैली, खुल्ला आकाश झैँ सबै प्राणीप्रती उच्च सम्मान र माया गर्ने दीक्षाको कला र कलाकारिता जस्तै लाग्ने गर्दथ्यो ।
ब्यवसायिक समयमा दैनिक भेटघाट हुने र बोलिमा लय हालेर बोल्ने उनी कुरा गर्दा खित्का छोडेर हाँस्ने, आफुभन्दा सानालाई स्नेह गर्न पछि नपर्ने दीक्षाको जीवनको बिषेशता नै थियो । बुवा टंकप्रसाद-आमा अम्बिका शिवाकोटीको कान्छो सन्तानको रुपमा २०५३ सालमा जन्मेकी उनलाई सबै र सधैं आदर्षीले औधी माया गर्दथे ।
श्रृंगारिक बिषय र हातको सीप-दक्षताको अनुभव बोटल्न अघि तयारी हुने दीक्षाको सानै उमेरदेखि पठनपाठन भन्दा सीपतर्फ झुकाव रहिआएको थियो । एकपटक सिकेका र बुझेका बिषयमा ध्यान दिइरहने बानीले उनलाई निखार्तामा पुग्न धेरै कसरत गर्नै पर्दैनथ्यो । कुनैदिन शरीरक थकानमै घरको आगनमा बाइक अड्याउनै नपाउदै `भिनाजु´आउँनु भयो भन्ने आवाज घरभित्रबाट सुनिदा पनि मन औधी फुरुङ नै हुन्थ्यो ।
जो नजिक हुन्छ उसैको बारेमा चासो र ख्याल गर्न र कान्छी साली भएकाले सधैं सानी र छोरी सम्मानले माया-स्नेह र ससाना बिषयमा बोलाइरहन मन लाग्थ्यो । दीक्षाले पनि कहाँबाट आउनुभएको, खाना-खाजा खाएको छ-छैन, खवर के छ, सोधिसकेपछी पनि अन्तिममा `भिनाजु सन्चै´ ? जस्ता बिषय नसोधेको कुनैदिन हुदैनथ्यो ।
यतिसम्म आत्मियता बढेको थियो कि कहिलेकाहीँ खाना खाएकै बेला पुग्दा खादै गरेको जुठो हातमै भिनाजु लु त खाना खान जाउँ भन्थिइन् । गएन भने जुठै हातले मेरो हात घचड्दै पकडेरै भान्सा कोठामा पुग्नै तम्तयार हुनैपर्ने सालीको अर्को स्मरणीय कार्य निकै घतलाग्दो ब्यवहार नै थियो ।
उनको कार्यशैली र आत्मीयताशैलीले तनाव र स्वास्थ्यबस्था खराब नै हुँदा पनि उनको बोलिले स्फुर्ति र ताजा महशुस गराइदिन्थ्यो । कोमल अनुहारको बनावट र खिँस्स हाँस्दा जोडिएका अग्रपंतिका दाँतको मुस्कानले आफ्नो कार्यशैलीमा रहेकाहरु पनि मिठाससहिको उनको बोली नै कलाकारिता खुबी र शक्तिको रूपमा शैलीमा देखिन्थ्यो ।
महिलामा हुनुपर्ने शिरस्वभावकी धनी दीक्षाको एउटै अवगुण बिरामी हुँदा औंषधी खान नसक्नु हो । केहिसमय अघि एकदिन ज्वरो आएर सिकिस्त बिरामी परेकी उनलाई बिषेक गर्ने औंषधी बुवाले ल्याइदिनु भएको थियो । खाना खाएर खानुपर्ने औंषधी खाँदा मुखमा हाल्नुपर्ने फाइलको ट्याब्लेट पछाडी फालेकी थिइन् । औंषधी दिनुहुने आमाले देखेर फेरि दीक्षालाई खुवाएको दृश्य अझै ताजै छ । उनमा परेको समस्या सुनाउनुभन्दा सामाधान गरेर नलागेपछि मात्रै आफू नजिकका लाई सुनाउने र सुनेकाले सामाधान नगरे ठुस्किने र एक-दुइदिन उ सँगै नबोल्ने उनको अर्को स्वभाव थियो ।
स्मरण छ एक दिन करिब २/३ बजे दिउँसोको समय हुनुपर्छ । एकदिन घुम्न जाउ न भिनाजु भन्निन् । मलाई उनी बिहानदेखि भोकै छिन् भन्ने के थाहा ! अरुबेला पनि जिस्किइरहने उनको त्यो दिन मलिम अनुहार देखिएपछी मैले सोधें-कान्छी के भयो ? के सञ्चाे छैन हो ? । मैले सोधेको सुनेपछि भक्कानिएर आँसु झारिन् ।उनको भावना र मेरो बोलिको उपयुक्त तालमेलले उनिमा निराशा छाएको रहेछ भन्ने बुझेँर भने जाउँ न त !
बाइकमा राखेर चारआली चोक पुर्याए । अनि एउटा म:म पाउने होटलमा बसाएर सोधें के भयो ? किन मन दुखाएकी ? लु भन त ! -`उसले भनिन् मैले त्यति नगरेको भए म:म खुवाउन यहाँ ल्याउनुहुन्थ्यो ? त्यहीँ सोचेर त्यसो गरेको हुँ ।´ त्यसपछि के चै भएको रहेछ भन्दै कौतुहललाई चिर्न पुगेको म उनको म:म मोहको कारण सुनेर दंग परेको थिए । इच्छाएको कुरा पूरा नभाइन्जल ध्यान नै तेतै खिच्दै अनुहार महलिम बनाउने स्वभावले अभिभावकलाई पनि चनाखो बन्न प्रेरित गरेको थियाे ।
शिरस्वभाव र रुपले लक्ष्मीरुपि उनले आफ्नो करियरमै सबैभन्दा बढी मेहनत अस्ट्रेलिया पुग्नु अघि गरेकी थिइन् । पछिल्लो समयमा कला, शैली, गीत र कथावस्तुसँगको अभियान आकर्षक बन्दै आएको थियो भने असाध्यै मन लगाएर कलातर्फको मेहनत सुधारउन्मुख थियो ।
एकैदिन ४ वटासम्म सीपमुलक तालिम लिएर दाम्पत्य जीवनसँगै परिवारको भबिस्यलाई सफलतामा परिणत गर्न अस्ट्रेलिया पुगेकी थिइन् । २०८१ सालको जनैपूणिर्माको दिन अस्ट्रेलियाको सिड्नी सिटिको एउटा कोठा ५ दिनअघिदेखि बसोबास गर्दै १ दिन यता काममा कार्यरत शिलशिलापछि उनी अन्तिम मुडमा पुगिन् ।
आफ्नो कर्मलाई जोडेर उज्वल भबिस्यको आकांक्षा र परिकल्पना साचेर बिकसित रास्ट्र अस्ट्रेलिया पुग्ने दीक्षा जस्तै अन्य नेपालीको भबिस्य खतरामुक्त छैन भन्ने अनुमानित पुष्टि गर्न सकिन्छ । अस्ट्रेलियामा झन्डै ५ महिना नबित्दै अचानक दीक्षा अस्ताएको खवरले तिम्रो मानसपटल वरपर रहेका ममतामयीहरु मुर्छित छौ । हराएको केहिछिनमै मृत भएको भनिएको दिन पछिको २१ दिनपछि काठमाडौंस्थित पबित्र नदीकाे छेउ पशुपति आर्यघाटभित्रको विद्युतीय शबगृहबाट मिति २०८१ असोज ११ गते दीक्षाको देहलाई अलबिदा माग्दै बिसर्जन गरेका छौं।
तिमिजस्ता ब्रम्हममता, स्नेहभावले ओरोतप्रोत भएका मनहरु धर्तिमा जन्म भएपनी यति चाडै हाम्रो जिवनमै धेरै बिझ्ने काँडा बन्दै अल्पआयुमै स्वर्णबास-स्वर्गवास-ब्रम्हबास हुन पुगेउ-पुगोस्। तिम्रो भौतिक शरीर अन्त्य भएपनी प्राण र आत्म सधैं हामीसँगै हुनेछ । जन्मपछि दशकर्म दान गरेका प्राणअभिभावकको जिम्मेवारीमा रहनुहुने जन्मदाता-कर्मदाता र भावबिह्वलमा रहनुहुने दुई जना दिदीहरु र दुई जना दाजुहरु तथा नातागोता आफन्तजनहरुलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र तिम्रो आत्मको पुर्णचिरशान्तिको कामना गर्दछु । अलबिदा साली (दीक्षा) तुलसामाया शिवाकोटी प्रसाईं ।