झापा । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघमा आबद्ध ४ वटा यातायात  कम्पनीले यात्रुबहाक  बसलाई बिहीबारदेखि नयाँ ढंगले देशब्यापी रुपमा सञ्चालन गर्ने भएको छ ।IMG_20240313_125501यातायात क्षेत्रमा देखिएका समस्या, बिकृतीलाई रोक्दै अनुशासित, मर्यादित र व्यवस्थित ढंगले संचालन ४ वटा कम्पनीले चैत १ गतेदेखि अभियान सुरु गर्ने भएको हो । मेची संयुक्त यातायात ब्यवस्थापन समिति बनाएर अभियान सुरु गर्ने भएको छ ।

समितिले काँकरभिट्टास्थित मेची यातायात संघको सभाहलमा बुधबार संयुक्त यातायात ब्यवस्थापन शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पुर्वप्रदेश सांसद एबम् वरिष्ठ सल्लाहकार श्रीप्रसाद मैनालीले उद्घाटन गरेका छन् । IMG_20240313_121526उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथी मैनालीले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट, कर्मचारीको बिचौलियापन, अमर्यादित, अव्यवस्थित भएकाले अनुशासित, मर्यादित र व्यवस्थित गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । उनले प्रबिधिको बिकाससँगै बसमा यात्रासहजका लागि अनलाइन टिकटको प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले अनलाईन टिकटले यात्रु आफैले यात्रा गर्नलायक सवारी छनोट गर्न पाउने भएकाले स्वच्छ प्रतिस्पर्धासहित ब्यवसायी मर्यादा  र यात्रुले आरामदायी यात्रा गर्नपाउने नयाँ नियम लागू गर्ने योजना रहेको जानकारी दिए ।IMG_20240313_120919यातायात प्रालीमा आबद्ध यात्रुबहाक बसबीचमै भाडादर रेटमा समस्या भएको थियो । सार्वजनिक यातायातको साधनबीच अस्वस्थ्य प्रतिस्पर्धा भएकै कारण राज्यले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादर भन्दा घटाघट रुपमा प्रतिस्पर्धा गर्दै यात्रु बोक्दै आएका थिए । बिचौलियाकै कारण  घट्दो भाडादर लिएर यात्रु बोक्दै आएका यातायात ब्यवसायीले  आफैले नोक्सान ब्यहोर्दै आएको ब्यवसायीले बताए ।

पुर्व मेची बस ब्यवसायी प्राली, पुर्बी हिमाल यातायात प्राली, मेची यातायात एण्ड अटो प्राली र मेची सुपर प्रालिमा आबद्ध भएका छोटा र लामो दुरिमा ८ सयबढी यात्रुबहाक बस संचालनमा रहेका छन् । ती कम्पनीबीच आपसी सहमती र समन्वयमा मेची संयुक्त यातायात ब्यवस्थापन समिति गठन गरिएको मेची बस ब्यवसायी संघका पुर्व अध्यक्ष एबम् बिभागिय प्रमुख बिष्णुकुमार श्रेष्ठले जानकारी दिए ।IMG_20240313_120900कार्यक्रमका संयोजक राजेन्द्र रिजालले कार्यक्रमबारे प्रकाश पार्दै मेची संयुक्त यातायात ब्यवस्थापन समितिले जारी गरेको १५ बुदे कार्यपत्र सार्वजनिक गरेका थिए । मेची संयुक्त यातायात समिति मातहत रहने गरी सोही समितिको ब्यानरबाट काकरभिट्टादेखी भित्री शाखा रुट लगायत दमक क्षेत्रमा संयुक्त टिकट बुकिङ काउण्टर स्थापना गरिसकेको छ । संयुक्त टिकट बुकिङ ब्यवस्थापन प्रयोजनका निमित्त यसै क्षेत्रमा सेवा प्रवाह गर्ने ब्यवसायीहरुद्वारा गठित पुर्व यातायात ब्यवस्थापन प्राली काठमाडौसँग आवश्यक समन्वय र सहकार्य गर्ने कार्यपत्रमा उल्लेख छ ।

अव्यवस्थित सार्वजनिक यातायातलाई ब्यवस्थित गर्नका लागि मेचीनगरपालिकाद्वारा गठित मेचीनगर यातायात ब्यवस्थापन समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आआफ्नो कर्मचारी र आफ्नो सवारीको क्यु को आर्थिक श्रोत आआफ्नो प्रालीमा निहित रहने ब्यवस्था मिलाइएको, एसि तथा डिलक्स मापदण्ड सवारी साधनहरुले प्रकृतिअनुसारको स्तर कायम भएको हुनुपर्नेछ लगायतका १५ बुदे कार्यपत्रमा रहेको छ ।IMG_20240313_125804कार्यक्रममा मेचीनगर यातायात ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, होटल ब्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठ, ट्राभल्स संघ मेचीनगरका अध्यक्ष नेतबहादुर कार्की, काकर्भिट्टा ट्राफिक पोस्टका प्रहरी नायव निरीक्षक मनमोहन पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदीलगायतले आआफ्नो ठाउँबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमराज दाहालले स्वागत मन्तव्य र बिष्णुकुमार श्रेष्ठले संचालन गरेका थिए ।