चारआली । होटल ब्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले आर्थिक मन्दी र पर्यटन आगमनमा समस्याले होटल ब्यवसायमा चुनौती थपिएको बताएका छन् । 

झापाको मेचीनगर-१३, चारआलीमा सञ्चालनमा आएको होटल हाइवे एण्ड रेष्टुरेन्टको मंगलबार उद्घाटनपछि बोल्दै अध्यक्ष श्रेष्ठले त्यस्तो बताएका हुन् ।IMG_20250114_120455अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा घर भाडामा होटेल  ब्यवसाय गर्ने ब्यवसायीको पलायन बढेसँगै दक्ष जनशक्तिको पलायन बढेकोले चुनौती थपिएको बताएका हुन् । मेचीनगरमा पाँच सय ५० वटा होटल रहेपनी आर्थिक मन्दीको सामना गर्न नसक्दा दुईसयले मात्रै दर्ता नविकरण गरेको उनले बताए । आर्थिक लाभ गर्ने उद्देश्यले आफ्नो सम्पुर्ण लगानीबाट होटलमा आगन्तुक पाहुँना आएर खाना खाने, लजमा बस्ने अनि जाने बेलामा गोजी टकटक्याउने बिकृती बढेकाले सचेत भएर ब्यवसाय सञ्चालन गर्न आग्रह गरे । IMG_20250114_120440कार्यक्रममा होटल ब्यवसायी संघ कोशी प्रदेश सदस्य नर्बु लामा शेर्पा, काेषाध्याक्ष हेमराज भट्टराईले सफलताको शुभकामना दिएका थिए ।

मेचीनगर-१३ का टोल अध्यक्ष राजेन्द्र कार्की, बयोबृद्वा बेनु डाँगीलगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रममा होटल हाइवे एण्ड रेष्टुरेन्टको सञ्चालक अपुर्ब डाँगीको अध्यक्षता तथा होटल ब्यवसायी संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष ध्रुव गिरीले सञ्चालन रहेको थियो ।IMG_20250114_120550होटल हाइवे एण्ड रेष्टुरेन्टमा हाल दुई जना कुक, दुइजना वेटर एक जना सरसफाई गरी ५ जनालाई रोजगारी प्रदान गरेको छ भने खाजा र खानासहित ४० आइटमको स्वाद लिन सकिने होटल ब्यवस्थापक निशान डाँगीले बताए ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै १० लाखबढी लगानी गरिएको र केहिदिनमै पारिवारिक सुबिधा सम्पन्न फेमिल्ली लज सञ्चालनमा ल्याउने सञ्चालक अपुर्ब डाँगीले जनाकारी दिए ।