झापा । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख सरोज पौडेलले पुर्वमा ट्राफिकको जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक भएको बताएका छन् । मेची सामुदायिक केन्द्र काँकरभिट्टाद्वारा आयोजित सडक तथा ट्राफिकको अवस्थाको बिषयमा अन्तरकृयामा ट्राफिक प्रमुख पौडेलले त्यस्तो बताएका हुन् ।प्रदेशमा ट्राफिक प्रहरीको अवस्थाको जानकारी गराउँदै पौडेलले अबको युगमा जनशक्ति बढाउने भन्दा सडकमा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापनलाई अघि बढाउनै पर्ने समयको माग भएको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ट्राफिक प्रमुख पौडेलले प्रत्येक चोकमा रहेका बाक्लो ट्राफिक प्रहरी पोस्टलाई मर्च गरेर प्राविधिमैत्री ट्राफिक ब्यवस्थापन गर्न आवश्यक भएको बताए ।
मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा नयाँ बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम घिमिरे, ट्राफिक भवन निर्माण ब्यवस्थापन समितिका आर्थिक संयोजक सुवास गुरुङ, शसस्त्र प्रहरी बेस क्याम्प काँकरभिट्टाका रोहित घिमिरे, समाजसेवी माधब अर्याल लगायतले फितलो ट्राफिक ब्यवस्थापन, सवारीको चाप, लागुऔषध र मापसे सेवनकर्तालाई नियन्त्रण तथा ट्राफिक भवन निर्माणको सहयोगका बारेमा ध्यानाकर्षण गराएका थिए ।कार्यक्रमको संचालन महसचिब खडनन्द भण्डारीले गरेका थिए ।
अव्यवस्थित रुपमा रहेको ट्राफिक आवाससहितको ब्यवस्थापनका लागि झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टाको पुरानो भन्सारमा करिब २ कट्ठा क्षेत्रफलमा १९ लाखको लागतमा ट्राफिक प्रहरी पोस्टको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ४ कोठे भवन १ महिनामा निर्माणको काम सकेर ट्राफिक प्रहरीलाई जिम्मा लगाउने निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलले जानकारी दिए ।मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वामित्वमा रहनेछ ।