चारआली । झापाको मेचीनगर-१२ स्थित कालिझोडामा संचालित कालिका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्थापन गरिएको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट दमक शाखाले विद्यालयको कक्षा कोठामा बालमैत्री संरचना निर्माण गरिदिएको हो ।
गरीबी रेखामुनिका बालबालिका पठनपाठन गर्ने विद्यालयमा सहयोग गर्दै आएको ट्रष्टले ४ लाख ५० हजार आर्थिक सहयोगमा बालमैत्री कक्षा निर्माणपछि बिहीबार आयोजित कार्यक्रमबीच ट्रष्टले विद्यालयलाई हस्तान्तरण गरेको छ ।
कालिका आधारभुत विद्यालयका अध्यक्ष पदम सुनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा गोर्खा वेल्टार ट्रष्टका प्रमुख खेमराज मादेनले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
ट्रस्टले विद्यालयको कक्षाभित्र बालमैत्री डेक्स-बेन्च, टेवल, जुत्ता राख्ने बालमैत्री ६ वटा र्याक , ४ वटा ग्रिन बोर्ड, २ वटा राउण्ड टेवल, ४० वटा कुर्सी, २० टेवल, २ कोठामा कार्पेट, ८ कोठे २ वटा भवन र झ्यालमा रङ्गरोगन गरेको विद्यालयका प्रधानाध्यापक बालकबन्धु रिजालले जानकारी दिए ।
केरेन युके र साथी नेपाल स्लोगन रहेको ट्रष्टले प्रदान गरेको ४ लाख ५० हजारको सम्झौताभन्दा बढी काम गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम सुनुवारले बताए ।
२०३९ सालमा ७ कट्ठा १० धुर जमिनमा स्थापना भएको विद्यालयको चौतर्फी बिकाससँगै गुणस्तरीय पठनपाठनका लागि स्थानीय पदम सुनुवारको नेतृत्वको ब्यवस्थापन समितिले पहल गरेपछि बालमैत्री कक्षाको ब्यवस्थापनमा सफलता मिलेको हो ।
समितिले गत वर्षदेखि कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ । स्थानीय निकायले सहयोग गरे ५ कक्षासम्ममात्रै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने योजना रहेको अध्यक्ष सुनुवारको भनाई छ । १ देखि कक्षा ८ सम्म ३ सयको हाराहारीमा विद्यार्थी अध्ययपन गराउँदै आएको छ भने शिक्षक-शिक्षिकालाई गुणस्तरीय सिकाईका बिषयमा प्रशिक्षणसमेत प्रदान गर्दै आएको छ ।
कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्टका प्रमुख खेमराज मादेन, शिक्षक रोहितराज नेम्बाङ, विद्यालयका सल्लाहकार संयोजक भीमराज कुरुम्वाङलगायतले सम्बोधन गरेका थिए ।