बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलले अर्जुनकुमार मैनालीको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको छ । आगामी फागुन १४ गते हुने संघको निर्वाचनका लागि मैनालीको नेतृत्वमा बिहीवार स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको हो । स्वतन्त्र ब्यवसायिक प्यानलले २१ बुँदे प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ । प्यानलको बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेद्वारी घोषणा गरेका हुन् । त्यस्तै महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बु, बाणिज्य सचिवमा कृष्ण चापागाईँ, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा निशा कर्णको उम्मेद्वारी घोषणा भएको छ ।
त्यसैगरी खुल्ला सदस्यमा सत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुश्मा उप्रेती रहेका छन् ।
नेपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित पाँच वटा पार्टीका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल घोषणा गरिएको हो ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेश डालमियाको प्रमुख आतिथ्यमा उम्मेद्वारी घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डालमियाले उम्मेद्वारको नामावली सार्वजनिक गरेका थिए ।
स्वागत राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले गरेको कार्यक्रममा बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, राप्रपा केन्द्रिय सदस्य राजकुमार पोखरेल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन मैनालीलगायतले घोषित उम्मेद्वारलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।