मेचीनगर । झापाको बाहुनडाँगी जेसीजले आगामी चैत १५ गतेदेखि दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । `कार्गिल सहिद सुरेश क्षेत्रीको स्मृति´मा बाहुनडाँगी जेसीजको सचिवालय निर्माणार्थ सहयोगका लागि उक्त प्रतियोगिताको तयारी गरिएको शनिबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारसमक्ष जेसीज २०२४ का अध्यक्ष देबु बानियाँले जानकारी दिए ।IMG_20240316_162933उनका अनुसार भारतका एउटा र नेपालका ७ वटा फुटबल टिमले फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछ्न् ।

प्रतियोगिताबाट प्रथम हुने टिमलाई १ लाख १ हजार नगद, सिल्ड र ट्रफि तथा  प्रमाणपत्र, दोस्रोलाई ५१ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।  उत्कृष्ट गोल रक्षक लाई नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र तथा उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी र मेडल र प्रमाणपत्र प्रदानगर्ने आयोजकले जनाएको छ ।IMG_20240316_162911प्रतियोगितामा बाहुनडाँगी यूवा क्लव, काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर रालिङ फुटवल क्लव धुलाबारी, शनिश्चरे फुटवल क्लव कचनकलव फुटवल क्लव बनियानी, बर्दस युनाइटेट क्लव चन्द्रगढी, सनसिटि एफसी इलाम, र भारतको किलाराम जोत एकलब्य युवा क्लव गरी आठवटा टिमले भागलिने अध्यक्ष बानियाँले जानकारी दिए ।IMG_20240316_162942५ लाख बढी खर्चको अनुमान गरिएको उक्त नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्न कार्गिल सहिद सुरेश क्षेत्रीको परिवार भारतको ताराबारी निवासी नेत्रराज थापा क्षेत्रीले ३ लाख आर्थिक सहयोग गर्ने भएका छन् । IMG_20240316_162355 जेसीज भवन निर्माणको लागि सन २०११ मा स्थानीय समाजसेवी हेमलाल भारतीले १० धुर जमिन निःशुल्क उपलब्ध गराएको र सोही जमिनमा भवन निर्माणको काम सुरु गर्ने अध्यक्ष बानियाँले जानकारी दिए । जेसीजले यस अघि सन २०११ मा जेसीप कप आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष नित्यानन्द चम्लागाँईँले गरेका थिए ।