काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहानको खेलमा क्यानडाले कतारलाई ६ शून्य गोलले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ । भ्यानकुभर रंगशालामा सम्पन्न खेल परिणामले विश्वकपको आगामी यात्रामा यो जितले क्यानडालाई थप मजबुद बनाएको छ ।

क्यानडाले कतारलाई ६ शुन्य गोलले पराजित गरेको छ । खेलको १६ औं मिनेटमा क्यानडाका साइल लरिनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

यस्तै जोनाथन डेभिडले ह्याक गोल गरे । उनले २९ औं, ४८ औं र ९२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । पहिलो हाफमा ३ शुन्यले अगाडि रहेको क्यानडाका लागि चौथो गोल डिलन सालिबाले ६४ औं मिनेटमा गरे । ७५ औं मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गर्दै क्यानडा ५ शुन्यको स्थितिमा थियो । खेलको ९२ औं मिनेटमा  जोनाथन डेभिडले टिमका लागि छैटौं र व्यक्तिगत ह्याट्रिक पूरा गरे र क्यानडा ६–० गोल अन्तरले विजयी भएको हो ।