बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणमा यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । यती ब्रुअरीको उत्पादन अर्नाले स्पोन्सर गर्ने भएको हो।

झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार पत्रकार सम्मेलनबीच मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौंतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।IMG_20240223_172312झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो ।

गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष गौरव सुब्बालगायतको उपस्थिति रहेको थियो । 

झापा गोल्ड कप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।IMG_20240223_173801कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य तथा सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।IMG_20240223_173652छैटौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।