झापा । बिश्वका विभिन्न देशमा "माटो र मानवता बचाऔँ" अभियान लिएर नेपालका धावक नविन पुनले झापाको काँकरभिट्टाबाट मंगलबार म्याराथन शुरु गरेका छ्न् । `महासंघ सम्मेलित म्याराथन´ नामक म्याराथन गर्ने पुनसँग सहयोगी किसन बिसी लगायतको टिम रहेको छ ।
पुनलाई म्याराथन अवधिभर झापा वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघले ब्यवस्थापनमा सहयोग पुर्याउने बताइएको छ ।
मंगलबार पहिलोदिन काँकरभिट्टादेखि केर्खासम्म ४५ किलोमिटर म्याराथन गरेको झापा वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघका अध्यक्ष प्रकाशचन्द्र उप्रेतीले जानकारी दिए । "माटो र मानवता बचाऔँ" अभियानले मानव र माटो बिषयलाई बिश्वमा सुधार गर्न सकिन्छ भन्ने आशयले म्याराथन शुरु गरेको हो ।
`माटो र आमाको स्वास्थ्य सुधार गरी भान्छा नै औंषधालय बनाऔं ।, माटोका सुक्ष्म जिवाणु बृद्धिद्वारा माटो स्वस्थ्य- स्वस्थ्य माटो द्वारा-स्वस्थ्य प्राकृतिक उत्पादन-आर्ग्यानिक भोजन र रहनसहन द्वारा-स्वस्थ्य आमा र सन्तान - स्वस्थ्य नागरिकद्वारा "समृद्ध नेपाल" बनाऔं´ यसका नारा रहेका छन् ।
म्याराथन गर्नुअघी काँकडभिट्टा र कन्काईका विभिन्न स्कुलका विद्यार्थीसँग म्याराथन सफलताको बिषयमा अन्तरकृया सम्पन्न गरेको थियो । काँकरभिट्टाको अरुनोदय माबी र कान्काईको हिमाली माबिमा अध्ययनरत विद्यार्थीबीच स्कुलका फाउण्डर भगिरथ राई र धर्मानन्द निरौलाले सहजीकरण गरेका थिए ।
संघका उपाध्यक्ष रुद्र ओली, कोषाध्यक्ष टेकबाहादुर गिरी, सदस्य रणबहादुर प्रधान, सामाजिक अभियान्ता सोना गेलाल, चित्रा पौडेल, इशुस्याम नेपाललगायतको सहजीकरणमा शुरु भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।



















































