काठमाडौं ।  सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको हो । अहिले विदेशी दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो ।