नुवाकोट । नुवाकोटको देवीघाटमा तादी नदीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ । नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि बेलिब्रिज जडान थालेको हो । बिदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा बेलीब्रिज राख्न सेनाको ५५ जनाको टोली खटिएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज ६० मिटर लम्बाई र ५.५ मिटर चौडाइ र ५० टन क्षमताको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएको थियो । त्यहीँ पुलको अबुटमेन्टमा नयाँ एक्रोब्रिज जडान सुरु भएको हो । यसका लागि आवश्यक सामग्री नेपाली सेनाले नै जुटाएको र निर्माण पनि उसैले गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।























































