भोटेकोशी । भोटेकोशी-त्रिशूलीमा बाढीमा परेकी एक महिलाको ११ दिनपछि जीवितै उद्धार भएको छ । शनिबार नुवाकोटको बिदुर नगरपालिका-१० बेत्रावतीस्थित बाढीमा परेको एउटा घरबाट एक जनालाई सशस्त्र प्रहरीबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो । सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेत्रावतीमा आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तल्लाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो । सशस्त्रका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरेर हेलकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिरहेको डिएसपी थापाले जानकारी दिए।























































