काठमाडौँ । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन् ।मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ । अन्य जिल्लाको विवरण यस प्रकार छ:
- चितवन: १७८ जना
- नवलपरासी पूर्व: ११० जना
- गोरखा: ४४ जना (विभिन्न मानव अङ्गसहित)
- नुवाकोट: ३७ जना
- धादिङ: ३३ जना
- तनहुँ: २८ जना
- नवलपरासी पश्चिम: २७ जना
- रसुवा: १२ जना
विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन् । हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
सम्पर्कविहीनकाे विवरण
- विदेशी नागरिक: ५१७ जना बेपत्ता
- नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली: १२७ जना
- सुरक्षाकर्मी: नेपाली सेना ४५, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना
- स्थानीय: रसुवाबाट १६१ जना र मकवानपुरबाट ६६ जना
- कर्मचारी: भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना
विपद् प्रतिकार्यका लागि देशभर ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन् । उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन् ।























































