मेचीनगर । झापाको मेचीनगर नगरपालिका-१० नागरडुब्बा लाल मोहमदको घरमा आगलागी हुँदा दुई लाख पचास हजारबढीको क्षति भएको छ ।
मोहमदको भान्सा कोठामा फ्रिजको तार सर्ट भई आगोलागि हुँदा फ्रिज, डाईनिङ टेबल, भाडा बर्तन, चामल, १ वटा मिटर बक्समा आगलागी हुँदा उक्त क्षति भएको हो । आगो स्थानियबासी, प्रहरी र मेचीनगर नगरपालिकाको दमकलले पुर्ण रुपमा आगो निभाएका थिए ।






















































