मेचीनगर । भारतबाट भन्सार छल गरी नेपालतर्फ ल्याइँदै गरेको १ लाख २८ हजार ६ सय ५० मूल्यको लत्ता–कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले आइतबार झापाको मेचीनगर–७, जोरसिमल बरामद गरेको हो ।

अपरन्हमा सवारीसाधनको चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइँदै गरेको ४ बोरा लत्ता–कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित भन्सार मूल्य रु. १ लाख २८ हजार ६ सय ५० रहेको छ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि सोही दिन दिउँसो १ः१५ बजे मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।