झापा । जापानीज इन्सेफ्लाइटिस रोगबाट झापा हल्दिवारीकी प्रमिला राजबशीकाे मृत्यु भएको छ । हल्दिवारी–२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भएको हो । उनी नेपाली काङ्ग्रेस पार्टीको सक्रिय कार्यकर्ता हुन् ।हल्दिबारी गाउँपालिका–२ कदमचोकमा व्यवसाय गर्दै आएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । प्रमिलालाई दुई दिनअघि एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा प्रादेशिक अस्पताल पुर्याइएको थियो ।राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।






















































