मेचीनगर । केहीदिन अघि वेपत्ता भएका मेचीनगर-८ का ३० वर्षीय टंकबहादुर खत्री मृत फेला परेका छन् । मेचीनगर-५ मा खेतको बीचमा खत्री मृत फेला परेका हुन् । बुधबार दिउँसो १२ः४५ बजे मेचीनगर-५ घैलाडुब्बा मन्दिरछेउ कुलबहादुर बुढाथोकीको खेतको बिचमा मृत फेला परेको प्रहरीले जनाएको छ । उदयपुर त्रियुगा नगरपालिका-१० बोक्से घर भई हाल मेचीनगर-८ गिरी गाउँमा घर भाडामा लिई उनी बस्दै आएका थिए ।स्थानीयले घटनाबारे इलाका प्रहरी कार्यालय नकलबन्दामा जानकारी गराउनसाथ प्रहरी नायव निरीक्षक हरिबहादुर खत्रीको कमाण्डमा टोली खटिएको थियो । मृतकका दाजु बद्री खत्रीले शवको सनाखत गरेको प्रहरीले जनाएको छ । उनी मृतक सुस्त मनस्थितिको रहेको बुझिएको छ ।



















































