मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एकैपटक ३८ जना ज्यालादारी कर्मचारीलाई सेवाबाट निश्काशन गरेको छ । नगर कार्यपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै असार २६ गतेदेखि लागू हुने गरी उनीहरूको सेवा समाप्त गरिएको जनाउदै निश्कासन गरेको हो ।नगरपालिकाले नेपाल सरकार अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा नगर कार्यपालिकाको निर्णयलाई आधार बनाएर कर्मचारी कटौती गरेको हो । स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेकाले नियुक्ति मितिका आधारमा चरणबद्ध रूपमा ज्यालादारी कर्मचारीलाई बिदाइ गर्ने नीति अनुसार पहिलो चरणमै ३८ जना कर्मचारी सेवाबाट बाहिरिएका हुन्।

वर्षौँदेखि नगरपालिकामा कार्यरत कर्मचारीहरू एकैपटक सेवाबाट हटाइएपछि नगरपालिकाभित्र तरंग उत्पन्न भएको छ । आगामी चरणमा थप ज्यालादारी कर्मचारी पनि सेवाबाट हटाइने सम्भावना रहेको नगरपालिकाको निर्णयले संकेत गरेको छ ।

नगरपालिकाले भने सूचना जारी गर्दै सेवाबाट हटाइएका कर्मचारीले हालसम्म पुर्‍याएको योगदानप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।