बाह्रदशी । झापाको बाह्रदशी-४ मा स्थित जनविकास माविले विद्यालय सञ्चालनमा योगदान पुर्याउने आधादर्जन बढीलाई सम्मान गरेको छ । पहिलो पटक विद्यालयको जग्गादाता तथा संस्थापकसहितलाई बिहीबार सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा विद्यालयका जग्गादाता र संस्थापकहरूलाई मरणोप्रान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओडाइएको थियो।
मरणोप्रान्त सम्मानित हुने जग्गादाताहरूमा क्रमशः स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लीला गणेश, स्वर्गीय कालीप्रसाद गणेश र संस्थापक प्रधानद्यापक स्वर्गीय प्रेमानन्द गोस्वामी, त्यस्तै जग्गादाताहरू रेनुका देवीगनगाई र ठण्डाकुमारी गणेश रहेका छन् । त्यसैगरी एसईइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एसइईमा उत्कृष्ट नतिजा ल्याउने आफ्रिन निसा र कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने जानकी शर्मालाई नगत सहित प्रशंसापत्रले सम्मान गरिएको हाे ।
बिस २०११ सालमा स्थापना भएको विद्यालय वडा नम्बर ४ कै एकमात्र सामुदायिक विद्यालय हो । माविमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका बालबालिकाले शिक्षा लिइँदै आएको प्रधानद्यापक शिव पोख्रेलले जानकारी दिए । उनले ५ वर्षभित्र पालिकाकै उत्कृष्ट विद्यालय बनाउने महत्वकांक्षी योजना रहेको र प्रविधिक तथा व्यावसायिक शिक्षा सञ्चानल गर्ने उद्देश्य रहेको बताए । प्रधानद्यापक शिव पोख्रेलले २०८० सालको एसइई नतिजा राम्रो नल्याएको विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको र आगामी वर्ष ५६ प्रतिशत पास गराउने लक्ष रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा जग्गा दाता तथा संस्थापकको नामावलीको शिलालेख अनावरणसहित तस्वीर विद्यालयको कार्यालय राखिएको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर-४ का अध्यक्ष महताव आलम, समाजसेवी सोमनाथ बजगाई, रेडक्रसकर्मी ओमप्रकाश गौतम, शिक्षा शाखा प्रमुख गीतादेवी सुवेदी, सुर्यनारायण गणेश, सम्मानित परिवारका दयानन्द गोस्वामी, संविधानसभा सदस्य हरिबहादुर राजवंशी र वडाअध्यक्ष महताव आलमले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वोल्दै वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले गर्नै नसकेको सम्मान कार्यक्रम गर्ने प्रधानद्यापक पोख्रेलको उच्च प्रशंसा गर्दै जग्गाको अभिलेखिकरण गरेर विद्यालयको कुल जग्गा यकिन गरि दाताहरूको पुर्ण पहिचान गर्न सुझाव दिएका थिए । शिक्षिका धनमाया नेपालले स्वागत गरेकाे कार्यक्रमको सञ्चालन शिक्षक टीका गणेश र शिक्षिका तुलसा काफ्लले गरेका थिए।






















































