झापा । झापाको झापा गाउँपालिकाका १० वर्षिय बालकको डेंगूकै संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्षमा झापामा पाँच सय १० जनामा डेंगूको संक्रमण फेला परिसकेको छ । जिल्लाका १५ पालिकामध्ये दमक र बिर्तामोडमा डेंगूको संक्रमण उच्च रहेकाले सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । दमकमा दुई सय १६ जनामा डेंगू संक्रमण देखिँदा बिर्तामोडमा ८९ जना, भद्रपुरमा ७०, हल्दीबारीमा २८, मेचीनगरमा २२, बुद्धशान्तिमा १८, कनकाईमा १६, अर्जुनधारामा ११, गौरादहमा तीन, बाह्रदशीमा सात जनामा संक्रमण देखा परिसकेको छ । केही स्थानीय तहका स्वास्थ्य कार्यालयबाट तथ्याङ अपडेट हुन बाँकी रहेकाले यो संख्या बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगू रोग ‘फोकल पर्सन’ बरालले जानकारी दिए । उनले विगतका वर्षहरुमा भन्दा यो वर्ष डेंगूको संक्रमण घटेको उल्लेख गरे । पूर्वाञ्चलसँग कुरा गर्दै उनले भने–कुनै पनि रोग उच्चदर सम्म पुग्छ, त्यसपछि क्रमश घट्न थाल्छ र महामारीले स्वरोप परिर्वतन गर्न सक्छ । डेंगू किट जन्य रोग भएकाले वातावरण परिर्वतन भएसंगै त्यो रोगहरु निस्प्रभावी बन्न सक्ने उनको भनाई छ । यो समय भनेका जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने र विद्यालयहरुमा सचेतना फैल्याउने क्रममा लाग्नुपर्ने ‘फोकल पर्सन’ युगनाथ बरालले

बरालको भनाई छ । 

मौसममा आइरहेको परिवर्तनका कारण यति बेला स्वास्थ्य सर्तकता अप्नाउन जिल्ला स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ । पानी पर्दै, घाम लाग्दै गरेको अवस्थामा लामखुट्टेले अण्डा पार्ने र लार्भा विकसीत गरेर डेंगूको संक्रमण फैल्याउन सक्ने भएकाले यो बेला सचेत बन्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगू रोग ‘फोकल पर्सन’ युगनाथ बरालले बताए ।