चारआली । झापाको बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रहरी निरीक्षक चन्द्र राउतको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले बुद्धशान्ति गाउँपालिका–२ अन्तर्गत जयपुर, खतिवडा चोकलगायतका क्षेत्रमा घर तथा पसलको छानाको टिन काटी नगद तथा अन्य जिन्सी सामान चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ।





















































