काँकरभिट्टा । निरन्तर वर्षासँगै आएको बाढीले झापाको मेचीनगर-७ एसियन हाइवे अन्तरगत कालिखोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ।
बाढीले डाइभर्सनमा प्रयोग गरेको ह्युन पाइपसँगै कल्भर्टको केही संरचनामा समेत क्षति पुर्याएपछि दुवैतर्फ करिब एक घण्टा सवारीसाधन रोकिएका थिए। डोजर तथा एक्स्काभेटर प्रयोग गरी सडक मर्मत गरेपछि हाल यातायात आगमन खुलेका छन् । खुलाउने पानीको बहाव उच्च रहेकाले तत्काल मर्मतमा कठिनाइ भइरहेको जनाइएको छ।
निर्माणकर्ताले कालिखोलामा भर्खरै मात्रै पुलको तयारी बिम हालेको छ भने निर्माणमा ढिलासुस्तीकै कारण बर्खायाममा डाइभर्सन भत्काउदै आएको छ ।





















































