बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१ स्थित एक बीवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भइ आगलागी हुँदा ६० लाखको क्षति भएको छ । बिर्तामोडको पश्चिम बसस्टेण्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतबार बिहान ४ बजे विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस् जल्दा अन्दाजी ६० लाखको क्षति भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने सुरक्षित रहेका छन् ।  

बिर्तामोड नगरपालिकाको  दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडमा दुईवटा गाई मरेका छन् ।शनिवार राति परेको चट्याङले बिर्तामोड-१० कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी-२ लाख मूल्यको दुईवटा गाई मरेका हुन् । ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा व्याउने गाई चट्याङले हानेर मरेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।