झापा । गयराति आएको वर्षासंगै परेको चट्याङले लागेर झापाको बिर्तामोडमा दुईवटा गाई मरेका छन् ।
चट्याङले बिर्तामोड–१० कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी २ लाख मूल्यको दुईवटा गाई मरेको प्रहरीले जनाएको छ । ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा व्याउने गाईलाई चट्याङको झिल्को लागेको थियो । झिल्कोले लागेपछि दुईवटै गाई ग्वालीमा ढलेका थिए । घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।