दमक । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकमा मोटरसाइकल र ट्याक्टर एकआपसमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेतबाट सडकमा निस्किएको मे.१त ७४०४ नम्बरको ट्याक्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएपछि उपचारका क्रममा झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली र उनकी ५ वर्षीया भान्जि हाजिरा खातुनको मृत्यु भएको छ । ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते भई बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
ट्याक्टर चालक कनकाई–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















































