झापा । झापाको मेचीनगर र गौरीगंजमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा एसियन हाईवेले नालीमा डुबेर र  गौरीगंजमा सडकको नालामा डुवेर दुईजना पुरुषको मृत्यु भएको हो । बिहीबार  दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर-७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर सोही ठाउँ. बस्ने ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकले मादक पदार्थ सेवन गरेको बुझिएको छ । त्यस्तै गएराति १० बजे गौरीगंज २ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुवेर मृत्यु भएको छ । घटनाबारे खबर प्राप्त भएपछि प्रहरी चौकी कोरोबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।