झापारतुवा खोलामा भेटिएको रमा तिवारीको हत्या उनका केटा साथीले गरेको पुष्टि भएको छ । मृतक रमाकाे (ब्वाइफ्रेण्ड) ले नै नियोजत रुपमा हत्या गरेर रतुवा पुलमाथिबाट फालिदिएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले अपराधीको नाउँ सार्वजनिक भने गरेको छैन । प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरिसकेको छैन । दमक-८ बसन्त टोलकी रमा भनिने रमा तिवारी केटासाथीसँग भेट्न आमासँग अनुमति मागेर घर बाहिर निस्किएकी थिइन् ।IMG-20260602-WA0017 आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति एकाएक रमाको मोवाइलमा उनका केटा साथीले फोन गरेर भेट्न बोलाएका थिए । रमा र ती केटा साथीबीच नजिकको साथीको सम्बन्ध थियो ।

उनिहरुको सम्बन्धलाई गर्लफ्रेण्ड–ब्वायफ्रेण्डकै तिवारी परिवारले लिएका थिए । उनीहरुबीच भेटघाट र कुराकानी हुन नपाएको लामै समय बितिसकेको थियो । केटा साथीलाई उनको परिवारले लागूऔषधको कुलतबाट मुक्त गराउन एक सुधार केन्द्रमा राखिदिएका थिए । जेठ १३ गते साँझमा केटा साथी सुधार गृहमा तोकिएको कोर्ष पुरा गरेर बाहिर निस्किएका थिए । उनले बाहिर निस्किनसाथ रमासँग सम्पर्क गरेर भेट्न बोलाएको मृतक रमाकी आमा मुना तिवारीले सार्वजनिक गरेकी छिन् । घरबाट निस्किएको पाँच दिनपछि रमाकी आमाले छोरीको शव देखेपछि पहिचान गरेकी हुन् । आमा मुनासँगै बुवा नारायण तिवारीले पनि रमाको शव सनाखतपछि गत सोमबार परिवारले दाहसंस्कार गरेका छन् । रमाको हत्या काण्डको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।