हल्दीबारी । अत्याधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु भएको छ ।झापाको हल्दीबारी गाउँपालिका–२ पशुपति चोक पूर्व बस्ने लुखी हेमरम मृत फेला परेका छन्। उनलाई  कमल राईको बगानबाट पशुपति चोक जोड्ने बाटोमा मृत अवस्थामा फेला पारिएको हो । केही दिनयता बढेको अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। 

​घटनास्थललाई सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीलाई खबर गरिएको स्थानीय हल्दीबारी प्रहरीले जनाएको छ। जिल्लाको टोली आएपछि घटनाको थप अनुसन्धान हुने प्रहरीले बताएको छ।