चारआली । झापाको मेचीनगरमा आजदेखि सुरु भएको प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताअन्तरगत उद्घाटन खेलमा दार्जिलिङ फुटबल क्लब भारत सेमिफाइलनमा प्रवेश गरेको छ । दार्जिलङ फुटबल क्लब भारतले रेड हर्स क्लब इलामलाई ४ शुन्य गोलअन्तरले पाखाल लगाउँदै दार्जिलिड फुटबल क्लब भारत सेमिफाइलनमा प्रवेश गरेको हो । प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा दार्जिलिङ फुटबल क्लब भारतका जर्सी नम्बर ४ का प्रतिक घिसिङले हाफअघिको २१ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका थिए ।
हाफपछिको ६० औं र ८० औं मिनेटमा जर्सी नम्बर २० का सलोन थापाले डिबक्स छेउबाट प्रहार गरेको गोललाई दोश्रो र चौथो गोल गर्न सफल भएका थिए । जर्सी नम्बर ११ का प्रियान्स लिम्बुले ७९ औं मिनेटमा प्रहार गरेको गोल चौथो गोलमा परिणत गर्न सफल भएका थिए । 
खेलमा म्यान अफ दि म्याच दार्जिलिङ फुटबल क्लब भारतका जर्सी नम्बर ४ का प्रतिक घिसिड घोषित भए । उनलाई मेचीनगर १३ का सदस्य एवम् खेलकुल संयोजक रविन्द्र न्यौपाने र बज्र स्पोटिङ क्लबका अध्यक्ष फुर्वा लामाले तीन हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । १६ गते शनिबार उर्लाबारी फुटवल क्लब मोरड र शनिश्चरे फुटबल क्लब झापाबीच प्रतियोगिता हुने आयोजकका अर्जुन सिग्देलले जानकारी दिए ।
औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर १३ का अध्यक्ष कृष्णराज सिग्देलले पानसमा दिप प्रज्वलन र खेलाडीलाई गोल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो । प्रमुख अतिथि सिग्देल, बज्र स्पोटिड क्लब मेचीनगर-१३ का अध्यक्ष फुर्वा लामालगायतले खेलको सफलताको कामनासहित नयाँ पुस्तालाई विकृति विसंगति छोडेर खेलप्रति प्रेरित हुन आग्रह गरेका थिए । मोहन लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन समिट श्रेष्ठले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद एक लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताका उत्कृष्ट विधागत खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

























































