मेचीनगर । झापाको मेचीनगर-८ को मेची पोष्ट हार्भेष्टको आयोजना तथा एन्जल फाउन्डेसन, उर्लाबारीको प्राबिधिक सहयोगमा एक दिवसीय नि:शुल्क स्वास्थ्योपचार सेवा सम्पन्न गरेको छ । हार्भेष्टले सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय कृषकहरुको स्वास्थ्याेवस्था सुधार गर्न बिहीबार एक दिवसीय स्वास्थ्य चेकजाँचसहित उपचार गरेको हो । 
फाउन्डेसनले २५ जनाको स्वास्थ्य परीक्षण गरेको छ भने छ जना फिस्टुला, पाइल्सका बिरामीको उपचार गरेको हार्भेष्टका प्रमुख ब्यवस्थापक मनिकुमार आचार्यले जानकारी दिए । 
संस्थाले विशेषगरी ग्रामीण तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई नि:शुल्क स्वास्थ्योपचार गर्दै आएको एन्जल फाउन्डेसनले पछिल्लो समयमा प्राथमिक स्वास्थ्य उपचार तथा स्वास्थ्य परीक्षणसहित उपचार गर्दै आएको छ ।
फाउन्डेसनले २५ जनाको पाइल्स, फिस्टुला, फिसर र गुप्त रोगको स्क्यानिङ गरेको र ६ जनाको उपचार गरेको संस्थाकाे सि
भिल प्रमुख अस्मिता शर्माले जानकारी दिइन्।

फाउन्डेसनले डाक्टर रोशनकुमार शाह, डाक्टर प्रबिण पौडेल, डाक्टर बिश्वजित राय स्वास्थ्य परीक्षणसहित उपचारमा सहभागी भएका थिए । फाउन्डेसनले विद्यालय, सहकारी, लघु वित्तीय संस्था, क्लब र महिला संघसंस्थाबाट सेवा दिँदै आएको छ ।