धुलाबारी । स्वास्थ्य सुरक्षासम्बन्धी प्राथमिक उपचार विधि तथा आकस्मिक अवस्थाबारे एकदिवसीय जनचेतनामुलक प्रशिक्षण आइतबार मेचीनगरको धुलाबारी माबिमा सम्पन्न भएको छ । एन्जल फाउन्डेसन उर्लाबारीको प्राबिधिक सहयोग तथा  धुलाबारी माबिको समन्वयमा सम्पन्न जनचेतनामूलक प्राथमिक स्वास्थ्योपचारमा माबिमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षक-शिक्षिकाको सहभागिता रहेको थियो ।
स्थानीय समुदायलाई लक्षित गर्दै आयोजित कार्यक्रममा एक्कसी रक्तसञ्चार रोकिँदा बिरामीलाई मुटु सम्बन्धि गरिने प्राथमिक उपचार, सर्पको टोकाईपछि गर्नैपर्ने प्राथमिक उपचार, आगोमा डढेको ब्यक्तीलाई गर्नुहुने र गर्न नहुने उपचार पद्धति, करेन्ट लाग्दा गरिने प्राथमिक उपचार, पानीमा ढुब्दा गरिने प्राथमिक उपचारका बारेमा फाउन्डेसनका बिना लिम्बू, सरु निरौला र मनिषा भण्डारीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा उद्घाटन गरिएको प्राथमिक स्वास्थ्य जनचेतनामूलक कार्यक्रममा सहभागीहरुले आफुहरुले घर तथा टोलमा गर्दै आएको प्राथमिक स्वास्थ्योपचारको बारेमा प्रशिक्षकले सहजीकरण गरेका थिए।
शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुली, सदस्य चेतन निरौला, समाजसेवी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले गाउँस्तरमै स्वास्थ्य सचेतना विस्तार गर्न सके धेरै जटिल समस्या न्यूनीकरण गर्न सकिने सहभागीको भनाइ छ ।
जनचेतनामूलक कार्यक्रमले स्वास्थ्य सेवाप्रतिको पहुँच बढाउनुका साथै समुदायलाई विपद् तथा आकस्मिक अवस्थासँग जुध्न सक्षम बनाउने विश्वास गरिएको एन्जल फाउन्डेसनका सहजकर्ता मनिषा भण्डारीले बताइन् ।

विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष ऐश्वर्य मैनाली कडरियाको अध्यक्ष तथा औपचारिक कार्यक्रममा धुलाबारी माबिका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले स्वागत तथा रमेशकुमार दाहालले सञ्चालन गरेका थिए ।