इलाम । पाँचथरको याङवरकमा भएको पिकअप दुर्घटनामा झापा बाह्रदशीका गोपाल भट्टराईको मृत्यु भएको छ । शुक्रबार बिहान ४ः२० बजे पाँचथर याङवरक ६ अर्चलेस्थित मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा भट्टराईको मृत्यु भएको हो ।च्याङथापुबाट माङलेबुङतर्फ जाँदै गरेको ४ वटा गोरु र एउटा बाछी बोकेको प्र १–०१–००२ च १५६९ नम्बरको सिंगल क्याप पिकअप गाडी रोकेर चालक पिसाब फेर्न निस्किएका थिए । अचानक गाडी गुडेपछी चालकले रोक्ने प्रयास गर्दा  राजमार्गदेखि अन्दाजी ५० मिटर खसेको थियो । गाडीले चालक ३५ भट्टराई वर्षीय गोपाल भट्टराईलाई पिकअपले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौपाया धनी पाँचथर फालेलुङ–३ माङलेबुङ बस्ने ४२ वर्षीय अमोश थाम्सुहाङ र उनका भाइ ३१ वर्षीय राजेन्द्र थाम्सुहाङ सकुशल रहेका छन् । घटनामा पिकअपमा रहेका पाँच वटा चौपायाको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।