झापा । शसस्त्र प्रहरीले झापाको काँकरभिट्टा नाकाबाट ठुलो परिणामको काँचो सुन र अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझमा काँकरभिट्टास्थित मेची भन्सार मातहतको यात्रु शाखाबाट सुन, भारतीय र अमेरिकी डलरसहित एक जना पक्राउ गरेको हो ।
उनको साथबाट ५ सय ७० ग्राम काँचो सुन जसको बजार मूल्य १ करोड ४० लाख ३० हजार ८ सय १५ रुपैंया, त्यस्तै ८५ हजार ५ सय १० रुपैंया भारतीय रुपैंया र अमेरिकी डलर २० हजारसहित एक जना ३० / ३५ बर्षको भारतीय युवा पक्राउ परेको मेची भन्सारले जनाएको छ । भन्सारका कर्मचारीले चेकजाँचमा उनलाई नियन्त्रणमा लिएको हो । घटनाका बिषयमा थय अनुसन्धान भइरहेको मेची भन्सारले जनाएको छ ।




















































