चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताबाट हातखोला फुटबल क्लब भारत फाइनलमा प्रवेश गरेको छ । फाइलनमा प्रवेश गरेको हातखोलाले आगामी जेठ ३ आयोजकसँग फाइलन खेलको सामना गर्नेछ । शुक्रबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा जनता सेभेन फुटबल क्लब इलाम र हातखोला फुटबल क्बल भारतबीच सम्पन्न  १ ३ गोल अन्तरले हातखोलाले फाइनलको यात्रा तय गरेको हो ।

झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा सुरु भएको धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ अन्तरगतको निकै रोमञ्चक बनेको सेमिफाइनल खेलको हाफपछि जनता सेभेन फुटबल क्बलका जर्सी नम्बर १० की खेलाडी रेखा विष्टले गरेको गोललाई रेफ्रिले आफसाइड भनेपछि १५ मिनेट खेल अवरुद्ध बनेको थियो । जनताका सेभेन क्लबका खेलाडी र समर्थकले गोल अपसाइड नभएकाले पुनः निर्णय गर्न निर्णायकलाई आग्रह गरेका थिए । निर्णायक रेफ्री टिमले १५ मिनेट समय थप गरेपछि खेल पुनः सुचारु भएको थियो । 

यसअघि आयोजक र बुद्धशान्ति फुटबल क्लबबीच सम्पन्न सेमिफाइनल खेलमा ० ४ गोल गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको थियो । मेचीनगर १२ स्थित कालिका खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको विजेता टीमले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् भने उपविजेता टीमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने आयोजक समितिका सचिव भीम कार्कीले बताए ।
जेठ ३ गते समापन हुने प्रतियोगितालाई अस्ट्रेलियास्थित दावा एण्ड लामा परिवारले मुख्य प्रायोजन गरेको छ भने हङकङका मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । जया ब्रान्ड किट पार्टनर र ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेका छन् । महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । 
दीपक लामाको अध्यक्षता तथा मेचीनगर वडा नम्बर १० का अध्यक्ष नारायण खनालको प्रमुख अतिथ्यतामा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा, मेचीनगर वडा नम्बर १२ का अध्यक्ष मधुसुन निरौला, मेचीनगर १४ का सदस्य लाल मिया, आर्थिक सहयोगी मोहन इजाम लगायतको सहभागीता रहेको थियो ।