चारआली । अध्यक्षले आफुखसी निर्णय गरेको भन्दै प्रकाशन गरेको समाचारप्रति हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले आपत्ति जनाएका छन् । वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले केही अनलाईन सञ्चार माध्यममा सम्प्रेषण गरिएको समाचार निराधार भएको जनाएका हुन् ।
उनले सबै सञ्चारमाध्यमलाई आधिकारिक र सत्य तथ्यसहितको समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । निचाझोडा पर्या-पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि विभिन्न शीर्षकमा संघीय, प्रदेश, नगर र वडाको अनुदान सहयोग रकमबाट सम्बन्धित शीर्षकमै निर्माण गरिएको अध्यक्ष सिग्देलले प्रष्टोक्ती छ । अध्यक्ष सिग्देलले ३ करोड रकम ल्याएर चरम अनियमितता गरेको, अध्यक्ष एक्लैले मनोमानी गरेको संस्थालाईं ऋणमा डुवाएको भन्ने समाचार कार्यसमिति, लेखा समिति घोर भत्सर्ना गरेको अध्यक्षद्वारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
बिगतदेखि हालसम्म १ एक करोड ३६ लाख ६२ हजार ५१५ रुपैयाँ खर्च भएको बिज्ञप्तिमा उल्लेख छ ।





















































