झापा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव नेपालीको भान्सासम्म परेको छ । उपभोक्ताालाई पर्याप्त हुनेगरी नेपालमा उत्पादन नहुँदा भारत लगायतका देशबाट आयात गरिने भान्सा सामाग्रीको मूल्य आकासिएको हो । इन्धनको मूल्यवृद्धिकै कारण देशबाहिरबाट ढुवानी हुँदै आयात गरिने भान्सा सामाग्रीको मूल्य आकासिएपछि सर्वसाधारण मारमा परेका छन् । निश्चित आम्दानीबाट चर्को मूल्यवृद्धिमा दैनिक उपभोग्य लगायतका वस्तुको खरिदले सर्वसाधारणको दैनिक र मासिक तालिका नै अस्तव्यस्त बनेको छ । Screenshot_20260419_110306_Chrome
अझ सरकारले भारतबाट १०० भन्दा बढी रकमका वस्तु तथा सामाग्री आयात गर्दा अनिवार्य भन्सार तिर्नुपर्ने नीति अवलम्बन गरेपछि सीमा क्षेत्रका सर्वसाधारण मारमा परेको उनीहरुको भनाई छ । सरकारले वेमौसमी अन्नबाली तथा तरकारी उत्पादनको नीति नल्याई आयात गरिने रु १०० भन्दा बढीका वस्तु सामाग्रीको भन्सार कर योजना ल्याइनु प्रभावकारी नीति नभएको सरोकारवालाहरुको गुनासो छ । पहिले कृषिजन्य उत्पादकलाई प्रोत्साहन गरेरमात्रै भन्सार नीति ल्याइनु पदथ्र्यो । त्यसो नगरी ल्याइएको योजनाले कर अशुली गर्ने र सर्वसाधारण नागरिकलाई अझ बढी सास्ती दिएको उनीहरुको भनाई छ ।
कृषिजन्य वस्तु उत्पादनका लागि कृषकलाई वेमौसमी उन्नत तथा सुधारिएको बाली विउविजन समेत उपलब्ध गराउन नसक्ने सरकारले एक्कासी ल्याएको भन्सार कर योजना एकातर्फ देशको हितमा रहेपनि कृषकलाई प्रोत्साहन सुरुवाती नहुँदा वृद्धि मूल्य दैनिकीको समस्या बनेको हो । सरकारको धेरै काम गर्ने शैली आम नागरिकको सोचेजस्तै भएपनि नागरिकको प्राण बचाउने अन्नवाली उत्पादनमा भने ध्यान नपुगेको विगत लामो समयदेखि कृषि पेशामा आवद्ध मेचीनगर १० का रामहरी नेपालको भनाई छ । 
नेपाली पैसाले भारत जान रोक्नु, मापदण्डमा नपर्ने प्रतिबन्धित विषादी रोक्नु सरकारको सराहनीय कार्य हो, कृषक नेपालले भने, कृषकलाई प्रोत्साहन गर्न सुरुमे कृषि योजना ल्याइनुपर्दछ । त्यसो गरिँदा नागरिकहरु आफुले स्वास्थ्य र स्वाद अनुसारको उत्पादनमा लागि पर्नेथ्ये । यस्तै भान्सामा अत्यधिक प्रयोग हुने खाना पकाउने ग्यासमा भारी वृद्धि भएको छ । जसको प्रत्यक्ष असर  सबै क्षेत्रमा बसोबास गर्ने उपभोक्तामा परेको छ ।  यस्तै पछिल्लो समय खाद्यान्न तथा तरकारी र फलफूलमा पनि  अत्यधिक रूपमा मूल्य वृद्धि देखिएको छ ।

पछिल्लो ६ महिना (२०८२ मङ्सिर देखि २०८३ वैशाखसम्मको बजार विश्लेषण गर्दा नेपाली भान्सामा अनिवार्य मानिने खाद्यान्न, तेल र तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो । नेपाल खुद्रा व्यापार सङ्घ र कृषि थोक उपज बजार सङ्कलन गरी सार्वजनिक गरेको विवरणअनुसार बजार मूल्य नियन्त्रण बाहिर जाँदै गरेको सङ्केत गरेको छ ।
गेडागुडी केहि बढ्यो केहीमा घट्यो
पछिल्लो ६ महिनाको खाद्यान्न खुद्रा बजार मूल्यलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा नेपाली भान्सा प्रयोग हुने अत्यावश्यक सामाग्रीहरूको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ । नेपाल खुद्रा व्यापार सङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार, यो अवधिमा विशेष गरी खाने तेल र बासमती चामलको मूल्यमा भारी वृद्धि भएको छ भने चिनी र केही दालको मूल्यमा भने सामान्य गिरावट र स्थिरता देखिएको छ ।

नेपालीको मुख्य खाद्यान्न चामलको हकमा जिरा मसिनो, सोना मन्सुली र त्रिशूलीको पोखरेली चामलको मूल्य ६ महिनासम्म स्थिर देखिन्छ । यस्तै जिरा मसिनो प्रतिकिलो ९५, सोना मन्सुली प्रतिकिलो ७५ रुपैयाँ  र त्रिशूलीको पोखरेली चामल प्रति किलो १२० रुपैयाँमा बिक्री भइरहेको छ । यद्यपि, लङ्ग्रेन बासमती चामलको मूल्य भने बढेको छ । मङ्सिरमा प्रतिकिलो १७० रुपैयाँ रहेको यो चामल फागुन १५ मा १७५ र चैत १५ देखि १८० रुपैयाँ कायम भएको छ । 
दाल र गेडागुडीको मूल्यमा भने मिश्रित प्रभाव देखिएको छ । चनाको दालको मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत दिएको छ । मङ्सिरमा १७० रुपैयाँ प्रति किलो रहेको चनाको दाल वैशाखसम्म आइपुग्दा १५० रुपैयाँमा झरेको छ । त्यस्तै सेतो केराउ पनि १४० बाट घटेर १३५ रुपैयाँ पुगेको छ । यसको विपरीत मुंग खोस्टा र मुंग दालको मूल्यमा प्रति किलो २० रुपैयाँसम्मको वृद्धि भएको छ । राजमाको मूल्य पनि २५० बाट बढेर २६० रुपैयाँ पुगेको छ ।