मेचीनगर । डम्बरबहादुर इधिड्डोको ९ औं स्मृति दिवसको अवसर किरात याक्थङ मेचीनगर समितिले गत २०८१ सालको एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने दुईजना विद्यार्थीलाई सम्मान गरेको छ ।
भवन निमार्णाथ जग्गा दान गर्ने इधिड्डोको स्मृति दिवसका दिन सामाजिक योनदान तथा सम्मान गर्दै आएको मेचीनगर समितिले बुधबार एसइईमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई नगद पाँच हजारसहित सम्मान गरेको हो ।q कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति सदस्य धन प्रसाद केरुङले सोनिहाङ बेघा र सिगु वेघालाई जनही पाँच हजार र सम्मान पत्रले सम्मान गरेका थिए । Untitled
किरात याक्थुङ चुम्लुङ झापा जिल्ला उपाध्यक्ष हस्त आङ्देम्बेको विशिष्ठ अतिथ्यता तथा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला पूर्व अध्यक्ष भरत आङ्देम्बे, जग्गादाता मैतमाया माबो इधिड्डो बिशेष अतिथि तथा किरात याक्थुङ चुम्लुङ मेचीनगरका पूर्वअध्यक्षहरु हर्क फियाक, दिदिप आङ्देम्बे, मेचीनगर ८ की वडा सदस्य मिनमाया लिम्बु, राष्ट्रिय चुम्लङ सदस्य चन्द्र इवारम, तेजबहादुर कन्दङ्वा, झापा जिल्ला पूर्वअध्यक्ष भरत आङ्देम्बे झापा जिल्ला उपाध्यक्ष हस्त आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए ।rrr
किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिका अध्यक्ष बिरबहादुर बेघाको अध्यक्षतामा सम्पन्न कार्याक्रममा स्वागत मन्तव्य ओम प्रकाश खापुङले गरेका थिए भने सञ्चालन नगरसचिव राजेन्द्र इधिड्डोले गरेका थिए ।