इलाम । कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर इलामको देउमाई नगरपालिका-८ आमबोटेका ६० वर्षीय मनबहादुर मगरको मृत्यु भएको छ ।
मंगलबार बिहान ९ः४५ बजे मगरले सोही ठाउँ बस्ने छिमेकी रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किए उनको मृत्यु भएको हो ।
स्थानीयले इलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराउनसाथ प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि इप्रका मंगलबारेबाट टोली गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।




















































